१.नीति, योजना तथा जनस्वास्थ्य महाशाखा
- स्वास्थ्य सम्बन्धि प्रादेशिक अल्पकालिन तथा दिर्घकालिन नीती, रणनीति, योजना, निर्देशिका,मार्गदर्शन तथा प्रोटोकल तर्जुमा गर्ने।
- प्रदेशस्तरमा स्वास्थ्य सम्बन्धि नीति कार्यान्वयन,नीतिको मुल्याङकन र नीति विश्लेषण गर्ने।
- अनुगमन तथा मुल्याङ्कन सम्बन्धि नीति तथा अनुगमन मुल्याङ्कन खाका तर्जुमा गर्ने र लागु गर्ने।
- प्रदेशस्तरमा आवश्यक पर्ने प्रर्वद्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक तथा पुर्नस्थापनात्मक स्वास्थ्य सेवाको व्यवस्थापन गर्ने।
- प्रदेशस्तरमा स्वास्थ्य क्षेत्र मानव संसाधन सम्बन्धि दिर्घकालिन,मध्यकालिन तथा अल्पकालिन नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्ने।
- संवेदनशील औषधी तथा अन्य स्वास्थ्य सामग्री खरिद तथा आपूर्ति व्यवस्थापन गर्ने।
- प्रदेशस्तरीय जनस्वास्थ्य निगरानी व्यवस्थापन गर्ने।
- सूर्ति, मदिरा र लागुपदार्थजन्य वस्तुको मापदण्ड, नियन्त्रण तथा नियमन गर्ने।
- सरूवा तथा नसर्ने रोग नियन्त्रण तथा रोकथाम गर्ने, स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य शिक्षा र सूचना प्रवाह गर्ने, वातावरणीय स्वास्थ्य र पेशागत स्वास्थ्य सेवा सम्बन्धी नीतिगत तथा कार्यगत व्यवस्था गर्ने।
- राष्ट्रिय मापदण्ड अनुरुप स्वास्थ्य सेवा सम्वन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन गर्ने।
- अध्ययन तथा अनुसन्धान, सूचना प्रणालीको स्थापना र सञ्चालन क्षमता अभिवृद्धि र राष्ट्रिय संस्थाहरुसँगको सम्पर्क र समन्वय गर्ने।
- मन्त्रालय र अन्तर्गत सरकारी गैर सरकारी, अर्ध सरकारी तथा समितिहरुबाट सन्चालित कार्यक्रमहरुको अनुगमन सम्बन्धि कार्यहरु गर्ने।
- कार्यक्रमहरुको तुलनात्मक विश्लेषण गरि मितव्ययिताकार्यदक्षता तथा प्रभावकारिता ल्याउनका लागि आयोजनालाई पृष्ठपोषण दिने।
- स्वास्थ्य सुचकहरुको बिकास गर्ने, प्रदेश स्तर तहबाट सञ्चालित कार्यक्रमहरुको आवधिक समिक्षा गर्न सहजिकरण गर्ने।
- प्रदेशस्तरमा नयाँ स्वास्थ्य कार्यक्रमहरुको पाइलट टेस्ट र कार्यगत अनुसन्धान गर्ने गराउने।
- स्वास्थ्य क्षेत्रको अध्ययन तथा अनुसन्धानात्मक कार्यलाई व्यवस्थित गर्न प्रादेशिक प्राथमिकताका क्षेत्रहरु निर्धारण गर्ने गुणस्तरीय र उपयोगी अनुसन्धानात्मक तथा शोधकार्यका लागि प्राज्ञीक तथा प्रबुद्ध वर्गको सहभागिताका लागि आवश्यक कार्य गर्ने।
२.चिकित्सा सेवा तथा अनुगमन महाशाखा
- प्रदेशस्तरमा आवश्यक पर्ने उपचारात्मक, पुर्नस्थापनात्मक तथा प्रशामक स्वास्थ्य सेवाको व्यवस्थापन गर्ने।
- प्रदेशभित्र बिशेषज्ञ तथा बिशिष्टिकृत स्वास्थ्य सेवा सुदृढीकरणका लागि अल्पकालिन तथा दिर्घकालिन रणनीति, योजना ,निर्देशिका तर्जुमा गरि कार्यान्वयनमा सहजिकरण गर्ने।
- प्रदेशस्तरीय स्वास्थ्य सेवाको गुणस्तर मापदण्ड निर्धारण, अनुगमन र नियमन गर्ने।
- राष्ट्रिय मापदण्ड बमोजिम औषधिजन्य तथा स्वास्थ्य प्रविधि सम्वन्धी सामग्रीको उत्पादन तथा सञ्चय, अधिकतम खुद्रा मूल्य निर्धारण, अन्तिम बिसर्जन, गुणस्तर तथा मापदण्ड निर्धारण र त्यस्ता सामग्री उत्पादन गर्ने उद्योगको दर्ता, सञ्चालन अनुमति र नियमन गर्ने।
- राष्ट्रिय मापदण्ड अनुरुप अस्पताल, नर्सिङ्ग होम, निदान केन्द्र, उपचार केन्द्र र अन्य स्वास्थ्य संस्था तथा प्रयोगशालाको दर्ता, सञ्चालन अनुमति र नियमन गर्ने।
- औषधी निगरानी, औषधिको उचित प्रयोग र सुक्ष्म जीव निरोधक प्रतिरोध (Antimicrobial Resistance) न्युनीकरण गर्ने।
- स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्र व्यवस्थापन, स्वास्थ्य क्षेत्रमा आपत्कालीन अवस्था, विपद् र महामारी व्यवस्थापन, आकस्मिक स्वास्थ्य सेवा प्रवाह, आपतकालीन अवस्थाका लागि औषधी तथा औषधीजन्य सामग्रीको प्रादेशिक बफर स्टक व्यवस्थापन गर्ने।
- प्रदेशस्तरमा बिशेषज्ञ तथा बिशिष्टिकृत स्वास्थ्य सेवा सम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने।
- समयानुकुल सूचना प्रणाली, स्वास्थ्य लेखा पद्धतिको संस्थागत व्यवस्थापन, सूचना प्रवाह गर्ने।
- अस्पतालको मेशिनरी औजार तथा भौतिक व्यवस्था सम्बन्धमा आवश्यक मापदण्ड निर्धारण र नियमन गर्ने ।
३.नर्सिङ्ग तथा परिवार कल्याण महाशाखा
- प्रदेशस्तरमा आवश्यक पर्ने प्रर्वद्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुर्नस्थापनात्मक तथा प्रशामक स्वास्थ्य सेवामा समान पहँच स्थापित गर्न आवश्यक रणनीति तय गर्ने र कार्यान्वयनमा सहजिकरण गर्ने।
- प्रदेशस्तरमा एकद्वार संकट व्यवस्थापन सेवा, सामाजिक सुरक्षा इकाई, अपाङ्गता मैत्री स्वास्थ्य सेवा, जेष्ठ नागरिक स्वास्थ्य सेवाको केन्द्रको स्थापना र सुदृढीकरण गर्ने।
- स्वास्थ्य सेवा सम्वन्धी प्रदेशस्तरीय प्राज्ञिक, व्यवसायिक र पेसागत संघ संस्थाको दर्ता, सञ्चालन अनुमति र नियमन गर्ने।
- राष्ट्रिय मापदण्ड बमोजिम स्वास्थ्य बीमा लगायतका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमको व्यवस्थापन तथा नियमन गर्ने।
- सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य, बाल स्वास्थ्य तथा परिवार स्वास्थ्य कार्यक्रमहरूको योजना तर्जुमा, कार्यान्वयन र नियमन गर्ने।
- स्वास्थ्यजन्य फोहोर व्यवस्थापन सम्वन्धी मापदण्ड निर्धारण, कार्यान्वयन र नियमन गर्ने।
- जनसंख्या, बसाइँसराइ र परिवार नियोजन सम्बन्धी प्रादेशिक नीति, कानून तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन गर्ने।
- लैङ्गिक अनुपातको अधारमा यथार्थ जनसांखिकिय विवरण अद्यावधिक गरी लक्षित उमेर, वर्ग, क्षेत्र र सामाजिक समूहमा ब्यवस्थित परिवार स्वास्थ्य कार्यक्रमहरूको तर्जुमा गर्ने।
- स्वास्थ्य क्षेत्रका लागि बिभिन्न तहमा निर्माण गरिने नीति तथा कार्यक्रमहरुलाई लैंगिक संवेदनिशल बनाउन आवश्यक समन्वय तथा सहजीकरण गर्ने।
- नर्सिङ्ग, सामाजिक सुरक्षा तथा जनसङ्ख्या व्यवस्थापन संग सम्बन्धी अध्ययन तथा अनुसन्धान, सूचना प्रणालीको स्थापना र सञ्चालन, क्षमता अभिवृद्धि र राष्ट्रिय संस्थाहरुसँगको सम्पर्क र समन्वय गर्ने।
४.आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा महाशाखा
- प्रदेशस्तरमा आयुर्वेद तथा बैकल्पिक चिकित्सा अन्तरगत आवश्यक पर्ने प्रर्वद्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक तथा पुर्नस्थापनात्मक स्वास्थ्य सेवाको रणनीति, योजना ,निर्देशिका, मार्गदर्शन, प्रोटोकल तर्जुमा गर्ने र कार्यान्वयनमा सहजिकरण गर्ने।
- आयूर्वेद तथा प्रदेशमा प्रचलित अन्य परम्परागत, प्राकृतिक चिकित्सा, योग लगायत बैकल्पिक चिकित्सा पद्धतिहरुको आधारभूत, बिशेषज्ञ तथा बिशिष्टिकृत स्वास्थ्य सेवा प्रभावकारी रुपमा उपलब्ध गराउन सहजिकरण गर्ने।
- आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा अन्तरगत दीर्घ रोगहरुको रोकथाम र ब्यवस्थापनका लागि आवश्यक रणनीति, योजना, निर्देशिका तर्जुमा गर्ने र कार्यान्वयनमा सहयोग गर्ने।
- आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका अन्य प्रचलित परम्परागत स्वास्थ्य उपचार सेवा सम्वन्धी प्रदेशस्तरीय मापदण्ड निर्धारण, कार्यान्वयन, अनुगमन र नियमन गर्ने।
- जडिबुटी संरक्षण, सम्बर्धन, प्रवर्धन र गुणस्तयी आयुर्वेद औषधी उत्पादन र नियमनका लागि आवश्यक प्रादेश स्तरको रणनीति, योजना, निर्देशिका तर्जुमा गर्ने र कार्यान्वयनमा सहजिकरण गर्ने।
- आयुर्वेद तथा बैकल्पिक चिकित्साका कार्यक्रमहरुको योजना तर्जुमा, समन्वय र सहजिकरण गर्ने।
- आयुर्वेद तथा बैकल्पिक चिकित्साका सेवा प्रवाह सम्बन्धी स्वास्थ्य सुचकहरुको बिकास गर्ने, समिक्षा गर्ने र सो सेवा प्रदायक संस्थाहरुको तथ्याङ्क अद्यावधिक गर्न सहजिकरण गर्ने।
- सरकारी तथा निजी संस्थाहरुबाट संचालित आयुर्वेद तथा वैकिल्पक स्थास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरुबाट प्रदान गर्ने सेवाको प्रभावकारिताको अनुगमन, निरीक्षण, स्वीकृति तथा आवश्यक मार्गदर्शन दिने।
५.प्रशासन महाशाखा
- मन्त्रालयको सामान्य प्रशासन सम्वन्धी कार्य,
- आन्तरिक व्यवस्थापन सम्बन्धी कार्य
- मन्त्रालय र मातहत निकायको चल अचम सम्पतिकको अभिलेख, व्यवस्थापन र संरक्षण सम्बन्धी कार्य
- मन्त्रालय र मातहत निकायको कार्य सम्पादन व्यवस्थापन सम्बन्धी कार्य
- मन्त्रालय र अन्तर्गतका कार्यालयहरुमा कार्यरत कर्मचारीहरुसंग सम्बन्धित प्रशासनिक कार्य,
- मन्त्रालय र मातहत निकायमा कार्यरत कर्मचारीको मानव संशाधन विकास (Human Resources Development) सम्बन्धी कार्य,
- मन्त्रालय अन्तर्गतका सम्पूर्ण निकायहरुको भौतिक साधनहरुको अनुगमन, निरीक्षण सम्बन्धि कार्य,
- स्वदेश तथा विदेशमा संचालन हुने विभिन्न तालिम, गोष्ठी, अध्ययन, अध्ययन भ्रमण, सभा सम्मेलनमा कर्मचारी मनोनयन सम्बन्धि कार्य,
- कर्मचारीहरुको सरुवा, तहवृद्वि, अवकास, पदपुर्ति, दरवन्दी स्वीकृती सम्बन्धी कार्य,
- सुशासन तथा नागरिक वडापत्र बमोजिम कार्य भए नभएको अनुगमन सम्बन्धि कार्य,
- मन्त्रालय र अन्तर्गतका विभाग तथा कार्यालयको जनशक्ति विकास र कर्मचारी प्रशासन सम्वन्धी कार्य,
- प्रदेश कर्मचारी प्रशासन संग सम्बन्धित कानून बमोजिम मन्त्रालयले संचालन गर्न तोकिएका विभिन्न सेवा समूह सम्वन्धी पदहरुको कर्मचारी प्रशासन सम्वन्धी कार्य ।
क) प्रशासन शाखा
- आवश्यक जनशक्तिको दरबन्दी सिर्जना, नियुक्ति, सरुवा, पदस्थापना तथा स्तरवृद्बि सम्बन्धित कार्य गर्न ।
- मन्त्रालय अन्तर्गत कर्मचारीको श्रेणी र तहगत दरवन्दी विवरण तथा कर्मचारी अभिलेख राख्ने ।
- मन्त्रालय अन्तर्गतका कर्मचारीहरुको कार्यविवरण, कार्यसम्पादन, तालिम, विदा तथा अवकाश तथा विभागीय कारवाही गर्ने ।
- मन्त्रालय र अन्तर्गतको सङ्गठनात्मक संरचना प्रशासन सुधारका कार्यहरु गर्ने ।
- कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी मूल्याङकनको अभिलेख तथा व्यवस्थापन गर्ने ।
- स्वास्थ्य सेवाका विभिन्न पदको बढुवाको लागि सचिवालय सम्बन्धी कार्य गर्ने ।
- स्तरवृद्धि सम्बन्धी कार्य गर्ने ।
- मानव संसाधन सूचना केन्द्रमा प्रविष्ट भएका पत्रको व्यक्तिगत फाइलमा अद्यावधिक गर्ने ।
- लामो अवधिका विदा तथा कारवाहीहरुको अभिलेख राख्ने ।
- अधिकृतस्तरका कर्मचारीहरुको व्यक्तिगत फाइल अद्यावधिक गर्ने ।
- मन्त्रालय अन्तर्गत सामान्य प्रशासन समूहका कर्मचारीहरुको सुपरीवेक्षण, अभिलेख, कार्यसम्पादन मूल्याङ्कन गर्ने ।
- मन्त्रालयको आन्तरिक प्रशासन, कार्यालय व्यवस्थापन, सरसफाइ र आवश्यक भौतिक व्यवस्था गर्ने ।
- आन्तरिक कर्मचारी प्रशासन, आन्तरिक कार्य विभाजन, हाजिरी, विदा, रमाना, पालो पहरा र खटनपटनको व्यवस्थापन गर्ने ।
- कार्यालय भवन, परिसर, सवारी साधनहरुको मर्मतसंभार तथा व्यवस्थापन गर्ने ।
- मन्त्रालयको आन्तरिक जिन्सी सामानको आपूर्ति तथा व्यवस्था, जिम्मा तथा रेखदेख, संभार, संरक्षण, निरीक्षण तथा प्रतिवेदन सम्बन्धी कार्यहरु गर्ने ।
- सम्पत्ती विवरण सम्बन्धी कार्य ।
- सुशासन सम्बन्धि कार्य ।
- Website र पुस्तकालय व्यवस्थापन तथा ई–लाईब्रेरी संचालन ।
ख) आर्थिक प्रशासन शाखा
- विभाग र अन्तर्गतको केन्द्रिय वार्षिक आर्थिक विवरण तयार गर्ने ।
- विभाग अन्तर्गत अख्तियारी व्यवस्थापन तथा रकमान्तर गर्ने ।
- अन्तर्गतका शाखाहरुको बजेट निकासा गराउने ।
- आन्तरिक लेखा परीक्षण गराउने ।
- विभाग अन्तर्गतका कार्यालयहरुको अन्तिम लेखा परीक्षण गराउने ।
- बेरुजुको लगत राख्ने तथा फर्छयौट गर्ने/गराउने ।
- आर्थिक मितव्यिता कायम गर्ने/गराउने ।
- विभागको कार्य संचालनको निकासा लिने ।
- दैनिक कार्य संचालनको लागि खर्च भएको रकम भुक्तानी दिने ।
- मासिक विवरण तयार गरी पठाउने ।
- आर्थिक प्रशासनसंग सम्बन्धित राय सल्लाह प्रदान गर्ने ।
- वार्षिक कार्ययोजना तर्जुमा प्रक्रिया तथा कार्यान्वयनमा समन्वय तथा सहयोग गर्ने ।
- आर्थिक मितव्ययिता सम्बन्धी कार्य गर्ने/गराउने ।
ग) कानुन शाखा
- संघीयता कार्यान्वयको क्रममा स्वास्थ्यसंग सम्बन्धित आवश्यक ऐन, नियमावलीहरु तर्जुमा एवम् परिमार्जन गर्ने ।
- प्रदेश तथा स्थानीय तहमा आवश्यक ऐन, नियमावलीहरु तर्जुमा गर्न सहजीकरण गर्ने ।
- मन्त्रालय र अन्तर्गतका निकायहरुको क्रियाकलाप सञ्चालनमा आवश्यक पर्ने ऐन, नियम तथा विनियम तर्जुमा गर्ने, कार्यान्वयनको अनूगमन र कानूनी वाधा अडचन फुकाउने सरसल्लाह दिने ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र तथा जवाफ लेखनमा राय सल्लाह दिने ।
- मन्त्रालय र अन्तर्गतका निकायहरुलाई आवश्यक पर्ने कानूनी राय सुझाव दिने ।
- मन्त्रालयसंग सम्बन्धित सरकारी मुद्दा मामिला सम्बन्धी प्रतिरक्षात्मक कार्य गर्ने ।