महत्त्वपूर्ण सूचना

वि.सं: मंसिर ९, २०८२

   १. नीति, योजना तथा जनस्वास्थ्य महाशाखा

  • स्वास्थ्य सम्बन्धि प्रादेशिक अल्पकालिन तथा दिर्घकालिन नीति, रणनीति, योजना, निर्देशिका, मार्गदर्शन, प्रोटोकल तर्जुमा गर्ने।
  • प्रदेशस्तरमा स्वास्थ्य सम्बन्धि नीति कार्यान्वयन, नीतिको मुल्याङकन र नीति विश्लेषण गर्ने।
  • अनुगमन तथा मुल्याङ्कन सम्बन्धि नीति तथा अनुगमन मुल्याङ्कन खाका तर्जुमा गर्ने र लागु गर्ने।
  • प्रदेशस्तरमा आवश्यक पर्ने प्रर्वद्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक तथा पुर्नस्थापनात्मक स्वास्थ्य सेवाको व्यवस्थापन गर्ने।
  • प्रदेशस्तरमा स्वास्थ्य क्षेत्र मानव संसाधन सम्बन्धि दिर्घकालिन,मध्यकालिन तथा अल्पकालिन नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्ने।
  • संवेदनशील औषधी तथा अन्य स्वास्थ्य सामग्री खरिद तथा आपूर्ति व्यवस्थापन गर्ने।
  • प्रदेशस्तरीय जनस्वास्थ्य निगरानी व्यवस्थापन गर्ने।
  • सूर्ति, मदिरा र लागुपदार्थजन्य वस्तुको मापदण्डनियन्त्रण तथा नियमन गर्ने।
  • स्वास्थ्य आपतकालिन कार्यसञ्‍चालन केन्द्र व्यवस्थापन, स्वास्थ्य क्षेत्रमा आपत्कालीन अवस्थाविपद् र महामारी व्यवस्थापन, आकस्मिक स्वास्थ्य  सेवा प्रवाह, आपतकालीन अवस्थाका लागि औषधी तथा औषधीजन्य सामग्रीको प्रादेशिक बफर स्टक व्यवस्थापन गर्ने।
  • सरूवा तथा नसर्ने रोग नियन्त्रण तथा रोकथाम गर्ने, स्वास्थ्य प्रवर्धनका लागि स्वास्थ्य शिक्षा र सूचना प्रवाह गर्ने, वातावरणीय स्वास्थ्य र पेशागत स्वास्थ्य सेवा सम्बन्धी नीतिगत तथा कार्यगत व्यवस्था गर्ने।
  • राष्ट्रिय मापदण्ड अनुरुप स्वास्थ्य सेवा सम्वन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन गर्ने।
  • अध्ययन तथा अनुसन्धान, सूचना प्रणालीको स्थापना र सञ्चालन क्षमता अभिवृद्धि र राष्ट्रिय संस्थाहरुसँगको सम्पर्क र समन्वय गर्ने।
  • मन्त्रालय र अन्तर्गत सरकारी गैर सरकारी, अर्ध सरकारी तथा समितिहरुबाट सन्चालित कार्यक्रमहरुको अनुगमन सम्बन्धि कार्यहरु गर्ने।
  • कार्यक्रमहरुको तुलनात्मक विश्लेषण गरि मितव्ययिता, कार्यदक्षता तथा प्रभावकारिता ल्याउनका लागि आयोजनालाई पृष्ठपोषण दिने।
  • स्वास्थ्य सुचकहरुको बिकास गर्ने, प्रदेश स्तर तहबाट सञ्‍चालित कार्यक्रमहरुको आवधिक समिक्षा गर्न सहजिकरण गर्ने।
  • प्रदेशस्तरमा नयाँ स्वास्थ्य कार्यक्रमहरुको पाइलट टेस्ट र कार्यगत अनुसन्धान गर्ने गराउने।
  • स्वास्थ्य क्षेत्रको अध्ययन तथा अनुसन्धानात्मक कार्यलाई व्यवस्थित गर्न प्रादेशिक प्राथमिकताका क्षेत्रहरु निर्धारण गर्ने,  गुणस्तरीय र उपयोगी अनुसन्धानात्मक तथा शोधकार्यका लागि प्राज्ञीक तथा प्रबुद्ध वर्गको सहभागिताका लागि आवश्यक कार्य गर्ने।

 

   2. चिकित्सा सेवा तथा अनुगमन महाशाखा

  • प्रदेशस्तरमा आवश्यक पर्ने उपचारात्मक, पुर्नस्थापनात्मक तथा प्रशामक स्वास्थ्य सेवाको व्यवस्थापन गर्ने।
  • प्रदेशभित्र बिशेषज्ञ तथा बिशिष्टिकृत स्वास्थ्य सेवा सुदृढीकरणका लागि अल्पकालिन तथा दिर्घकालिन रणनीति, योजना ,निर्देशिका तर्जुमा  गरि कार्यान्वयनमा सहजिकरण गर्ने।
  • प्रदेशस्तरीय स्वास्थ्य सेवाको गुणस्तर मापदण्ड निर्धारण, अनुगमन र नियमन गर्ने।
  • राष्ट्रिय मापदण्ड बमोजिम औषधीजन्य तथा स्वास्थ्य प्रविधि सम्वन्धी सामग्रीको उत्पादन तथा सञ्चय, अधिकतम खुद्रा मूल्य निर्धारण, अन्तिम बिसर्जन, गुणस्तर तथा मापदण्ड निर्धारण र त्यस्ता सामग्री उत्पादन गर्ने उद्योगको दर्ता, सञ्चालन अनुमति र नियमन गर्ने।
  • राष्ट्रिय मापदण्ड अनुरुप अस्पताल, नर्सिङ्ग होमनिदान केन्द्र, उपचार केन्द्र र अन्य  स्वास्थ्य संस्था तथा प्रयोगशालाको दर्ता, सञ्चालन  अनुमति र नियमन गर्ने।
  • औषधी निगरानी, औषधिको उचित प्रयोग र सुक्ष्म जीव निरोधक प्रतिरोध (Antimicrobial Resistance)  न्युनीकरण गर्ने।
  • प्रदेशस्तरमा बिशेषज्ञ तथा बिशिष्टिकृत स्वास्थ्य सेवा सम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने।
  • समयानुकुल सूचना प्रणाली, स्वास्थ्य लेखा पद्धतिको संस्थागत व्यवस्थापनसूचना प्रवाह गर्ने।
  • अस्पतालको मेशिनरी औजार तथा भौतिक व्यवस्था सम्बन्धमा आवश्यक मापदण्ड निर्धारण र नियमन गर्ने

 

   3. आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा महाशाखा

  • प्रदेशस्तरमा आयुर्वेद तथा बैकल्पिक चिकित्सा अन्तरगत आवश्यक पर्ने प्रर्वद्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक तथा पुर्नस्थापनात्मक स्वास्थ्य सेवाको रणनीति, योजना ,निर्देशिका, मार्गदर्शन, प्रोटोकल तर्जुमा गर्ने र कार्यान्वयनमा सहजिकरण गर्ने।
  • आयूर्वेद तथा प्रदेशमा प्रचलित अन्य परम्परागत, प्राकृतिक चिकित्सा, योग लगायत बैकल्पिक चिकित्सा पद्धतिहरुको आधारभूत, बिशेषज्ञ तथा बिशिष्टिकृत स्वास्थ्य सेवा प्रभावकारी रुपमा उपलब्ध गराउन सहजिकरण गर्ने।
  • आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा अन्तरगत दीर्घ रोगहरुको रोकथाम र ब्यवस्थापनका लागि आवश्यक रणनीति, योजना, निर्देशिका तर्जुमा गर्ने र कार्यान्वयनमा सहयोग गर्ने।
  • आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक,  प्राकृतिक चिकित्सा लगायतका अन्य प्रचलित परम्परागत स्वास्थ्य उपचार सेवा सम्वन्धी  प्रदेशस्तरीय मापदण्ड निर्धारण, कार्यान्वयन, अनुगमन र नियमन गर्ने।
  • जडिबुटी संरक्षण, सम्बर्धन, प्रवर्धन गुणस्तयी आयुर्वेद औषधी उत्पादन र नियमनका लागि आवश्यक प्रादेश स्तरको रणनीति, योजना, निर्देशिका तर्जुमा गर्ने र कार्यान्वयनमा सहजिकरण गर्ने।
  • आयुर्वेद तथा बैकल्पिक चिकित्साका कार्यक्रमहरुको योजना तर्जुमा, समन्वय र सहजिकरण गर्ने।
  • आयुर्वेद तथा बैकल्पिक चिकित्साका सेवा प्रवाह सम्बन्धी स्वास्थ्य सुचकहरुको बिकास गर्ने, समिक्षा गर्ने र सो सेवा प्रदायक संस्थाहरुको तथ्याङ्क अद्यावधिक गर्न सहजिकरण गर्ने।
  • सरकारी तथा निजी संस्थाहरुबाट संचालित आयुर्वेद तथा वैकिल्पक स्थास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरुबाट प्रदान गर्ने सेवाको प्रभावकारिताको अनुगमन, निरीक्षण, स्वीकृति तथा आवश्यक मार्गदर्शन दिने।

 

   4. नर्सिङ्ग तथा परिवार कल्याण महाशाखा

  • प्रदेशस्तरमा आवश्यक पर्ने प्रर्वद्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुर्नस्थापनात्मक तथा प्रशामक स्वास्थ्य सेवामा समान पहँच स्थापित गर्न आवश्यक रणनीति तय गर्ने र कार्यान्वयनमा सहजिकरण गर्ने।
  • प्रदेशस्तरमा एकद्वार संकट व्यवस्थापन सेवा, सामाजिक सुरक्षा इकाई, अपाङ्गता मैत्री स्वास्थ्य सेवा, जेष्‍ठ नागरिक स्वास्थ्य सेवाको  केन्द्रको स्थापना र सुदृढीकरण गर्ने।
  • स्वास्थ्य सेवा सम्वन्धी प्रदेशस्तरीय प्राज्ञिक, व्यवसायिक र पेसागत संघ संस्थाको दर्ता, सञ्चालन अनुमति र नियमन गर्ने।
  • राष्ट्रिय मापदण्ड बमोजिम स्वास्थ्य बीमा लगायतका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमको व्यवस्थापन तथा नियमन गर्ने।
  • सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य, बाल स्वास्थ्य तथा परिवार स्वास्थ्य कार्यक्रमहरूको योजना तर्जुमा, कार्यान्वयन र नियमन गर्ने।
  • स्वास्थ्यजन्य फोहोर व्यवस्थापन सम्वन्धी मापदण्ड निर्धारण, कार्यान्वयन र नियमन गर्ने।
  • जनसंख्या, बसाइँसराइ र परिवार नियोजन सम्बन्धी प्रादेशिक नीति, कानून तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन गर्ने।
  • लैङ्गिक अनुपातको अधारमा यथार्थ जनसंखिकिय विवरण अद्यावधिक गरी लक्षित उमेर, वर्ग, क्षेत्र र सामाजिक समूहमा ब्यवस्थित परिवार स्वास्थ्य कार्यक्रमहरूको तर्जुमा गर्ने।
  • स्वास्थ्य क्षेत्रका लागि बिभिन्न तहमा निर्माण गरिने नीति तथा कायर्क्रमहरुलाई जेसी संवेदनिशल बनाउन आवश्यक समन्वय तथा सहजीकरण गर्ने।
  • नर्सिङ्ग, सामाजिक सुरक्षा तथा जनसङ्ख्या व्यवस्थापन संग सम्बन्धी अध्ययन तथा अनुसन्धान, सूचना प्रणालीको स्थापना र सञ्चालन,  क्षमता अभिवृद्धि र राष्ट्रिय संस्थाहरुसँगको सम्पर्क र समन्वय गर्ने।